सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।

“येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ।” (यूहन्न १४:६) 
समस्त इतिहासमा कसैले पनि यस प्रकारको आधिकारिक र प्रभावशाली दावी गरेका छैनन्। धेरैले मार्ग देखाउने कोसिस गरेका छन् , कतिले सत्य पत्ता लगाउने कोशिश गरे अधिक जसो जीवनको बारेमा अडकल लगाउन र रहस्य पत्ता लगाउन नै कोसिस गरिरहेका छन्। तर येशूले बाहेक कसैले पनि यस्तो भनेन, ‘म नै मार्ग ‌ हूंं, सत्य अनि जीवन।’
तपाई येशूलाई अस्वीकार गर्न सक्नुहुन्छ, या त स्वीकार तर तटस्थ भने बस्न सक्नुहुन्न।

तिमीले सत्यलाई जन्नेछौ, र सत्यले तिमीलाई स्वतन्त्र तुल्याउने छ।‘ (यूहन्न ८:३२)
के कुराहरूबाट स्वतन्त्र,
-परम्परा, संस्कृति तथा खराब बानीहरुको बन्धनबाट,
-परिपूर्ण नभएको दोषीबाट,
-भविष्य, मृत्यु र त्यस पश्चातको जीवनको अज्ञात डरबाट,
-खालीपना र एक्लोपना, जीवनमा केही हराउन सक्ने भावना तथा व्यथा प्रयासहरुबाट जीवनको अन्त्य सम्म हुने खालीपना भर्ने प्रयासबाट,
-अतृप्त सम्पन्नता र कल्याण सँगै असल कुरोको भावना,
-सृष्टिकर्ता परमेश्वरसंग शान्ति र नजिक प्राप्त गर्ने व्यर्थ परिश्रमबाट,
मानिसमा बन्धन र हराउन सक्ने मनोभाव छ। यो हराइएको विचार हामीहरू पतन हुँदै गएको संसारमा छौं भन्ने प्रमाण हो। बाइबलले सिकाउँछ, हामीहरु प्राकृतिकरुपमा पाप द्वारा संक्रमित छौं। “सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित भएका छन्।” रोमी ३:२३
हाम्रो सबैभन्दा राम्रो प्रयासहरु भएतापनि हामी आफैलाई ती अपराधहरूको दोषबाट मुक्त पार्न सक्दैनौं जसले हामीलाई सृष्टिकर्ताबाट अलग गरिरहेको छ।
परमेश्वरले हाम्रो पापबाट उत्पन्न भएको दुविधालाई हल गर्न आफनो पुत्र पठाउनुभयो।
“किनभने परमेश्वरले संसारलाई यसतो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् ,तर त्यसले अनन्त जीवन पाओस्। यूहन्न ३:१६

येशू ख्रीष्टले क्रूसमा आफ्नो मृत्यु द्वारा हाम्रो निम्ति परमेश्वर सम्म पुग्ने मार्ग बनाउनुभयो। आफूले बहाउनुभएको रगतद्वारा उहाँले हाम्रो उद्धार किन्नुभयो। उहाँको मृत्यु र पुनरुत्थानले परमेश्वर र मानिसबीच करार बनाउनुभयो। येशू ख्रीष्टमा व्यक्तिगत विश्वास गर्नु नै हो परमेश्वर सम्म पुग्ने मार्ग हो। आज तपाईं आफ्नो जीवन र हृदय ख्रीष्टको अघि समर्पण गरेर उहाँको सम्मुख आउनु सक्नुहुन्छ। बाइबलले भन्छ, तर जतिले उहाँलाई (येशू ख्रीष्ट)ग्रहण गरे, उहाँको नाउमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। यूहन्न १:१२
येशू ख्रीष्ट सत्य हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नुहोस् र उहाँले निःसन्देह मुक्ति दिनुहुन्छ।